११ असोज, काठमाण्डौ ।
काठमाडौं उपत्यकामा थप ८०९जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आज देखिएका नयाँ सक्रमित मध्ये काठमाडौंका ६३३ जना, ललितपुरका १०४ जना र भक्तपुरका ७२ जना रहेका छन् ।
त्यस्तै, आज काठमाडौं उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो केही दिनयता उपत्यकामा हरेक दिन कोरोना संक्रमितको मृत्यु भइरहेको छ।


