Banijya News

नेप्सेका थप एक जनामा कोरोना भाइरस पोजिटिभ, नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा

1
1.2K Shares

२७ असोज, काठमाण्डौ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा कार्यरत थप एकजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । नेप्सेमा कार्यरत ४० जना कर्मचारीहरुको गत आइतबार पीसीआर परीक्षण भएकोमा थप एकजनामा कोरोना संक्रमण देखिएको हो । अन्यको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
कोरोना पुष्टि भएका ती कर्मचारी नेप्से प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको सचिवालयमा कार्यरत थिए । नेप्सेमा प्रमुख कार्यकारी अधिकृतको सचिवालयमा कार्यरत ती कर्मचारीलाई कोरोना संक्रमण भएपछि प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

1

Scroll to Top