Banijya News

मदन पुरस्कार वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न

1
1.1K Shares

०२ कात्तिक, काठमाडौं ।


यसवर्षको मदन पुरस्कार तथा जगदम्बाश्री सम्मान वितरण समारोह पहिलोपल्ट अनलाइनमार्फत सम्पन्न भएको छ । आज अपराह्न ३ बजे गुठीले कोरोना महामारीलाई मध्यनजर गर्दै अनलाइनमार्फत समारोह प्रत्यक्ष प्रसारण गरेको हो ।


आज भएको उक्त समारोहमा भारतको नैनीतालबाट इतिहासकार शेखर पाठकले विद्वत् प्रवचन दिएका थिए ।
त्यस्तै, पोखरामा रहेका मदन पुरस्कार विजेता लेखक चन्द्रप्रकाश बानियाँले पोखराबाट आफ्नो मन्तव्य वाचन गरे भने सिलगुडीमा रहेकी जगदम्बाश्री सम्मानबाट सम्मानित हुने शान्ति ठटालले आफ्नो मन्तव्य वाचन गरिन् ।
मदन पुरस्कार गुठीले २०१३ सालदेखि मदन पुरस्कार र २०४५ सालदेखि जगदम्बाश्री सम्मान दिँदै आएको छ ।

1

Scroll to Top