Banijya News

थप ५ सय २२ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु

1
1.1K Shares

पुस २१, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ४ हजार ५ सय ५१ जनाको पिसिआर परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको छ । जसमध्ये ५ हजार २ सय २५ जना सक्रिय संक्रमित छन् ।


त्यसैगरी २४ घण्टामा ५ सय ७८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ६ सय ६६ पुगेको छ । २४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ पुगेका छ ।

1

Scroll to Top