साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य घटेको छ । सुन चाँदी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार चार सय रुपैयाँ घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख १९ हजार २ सय रुपैयाँमा झरेकोे छ ।हिजो सोमबार अहिलेसम्मकै उच्च १ लाख २१ हजार ६०० रुपैयाँ कायम भएको थियो ।
त्यसै गरि आज चाँदीको भाउ तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो चाँदिको भाउ प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँ कायम भएको थियो ।


