Banijya News

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

1
1.1K Shares

वैशाख २२, काठमाडौं ।
दाङमा स्कारपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घनामा दुईजना गम्भीर घाइते छन् । रोल्पाको लिबाङबाट घोराहीतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । घोराही उपमहानगरपालिका–१३ का अन्दाजी ३४ वर्षीय चालक विष्णु गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिका–४ घर भई घोराही–१७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर–१६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते छन् । दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार उनीहरुको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घोराही–कमेरेचौर सडकखण्डअन्तर्गत घोराही–४, ओइरेनीमा बुधबार बिहान ७ बजेतिर बा१३च ८०४८ नम्बरको स्कारपियो दुर्घटना भएको थियो । स्कारपियो सडकदेखि झन्डै ५०० मिटर तर खसेको प्रहरीले जनाएको छ ।

1

Scroll to Top