Banijya News

एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध फिलिपिन्सले खुलायो

1
1.1K Shares

काठमाडौं– फिलिपिन्सले नेपाल, भारत, पाकिस्तानलगायत १० एशियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाएको छ ।
कोभिड–१९ संक्रमण नियन्त्रणका कारण फिलिपिन्सले नेपाललगायतका मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो । हाल खोपका कारण भयावह अवस्था नरहने निश्कर्षका साथ सेप्टेम्बर ६ देखि यात्रा प्रतिबन्ध हटाएको अन्र्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको प्रतिबन्ध हटाइएको हो । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका हुन् ।
फिलिपिन्स आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने बताइएको छ ।

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिसा बहाकबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ ।

1

Scroll to Top