Banijya News

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानसेनापति शर्मालाई दर्जानी चिह्न प्रदान

1
1.1K Shares

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्जायानी चिह्न प्रदान गरेकी छन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहबीच नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले दर्जानी चिह्न प्रादान गरिएको हो । सोही अवसरमा पद तथा गोपनीयताको सपथसमेत खुवाइएको छ ।
नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिका रुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैदेखि औपचारिकरुपमा सैनिक नेतृत्व सम्हाल्ननेछन् ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा शर्मालाई यही भदौ ११ गते आजदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।महारथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतंकवाद एवं सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा तथा बंगलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालीम लिएका छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनीतिक शास्त्रमा एमफिल गरेका छन् ।

1

Scroll to Top