बेमौसमी वर्षाले मोरङ औद्योगिक क्षेत्रमा साढें २ अर्ब बराबरको क्षति भएको छ । कात्तिक १ गतेदेखि ३ गतेसम्म परेको अविरल बर्षाका कारण २ अर्ब ४८ करोड बराबरको क्षति भएको छ, भने ४ वटा उद्योग अझै पूर्ववत सञ्चालनमा आउन सकेका छैनन् । उद्योग संगठन मोरङले यस क्षेत्रका ४१ वटा उद्योगमा गरेको सर्वेक्षणले उक्त क्षति भएको देखाएको हो । प्रतिवेदन अनुसार मेशिन औजारमा ८९ करोड बराबर, कच्चा मालवस्तुमा ७१ करोड बराबर, तयारी वस्तुमा ७६ करोड बढी क्षति भएको छ ।
त्यसैगरि, बाढी र डुबानका कारण उद्योग बन्द भई उत्पादन प्रकृया अवरुद्ध हुदा स्थिर खर्च, प्रशासनिक लगायतका खर्चहरु र उत्पादनको अवसर मुल्य तथा बजार श्रृङ्खला टुट्न गई थप ठुलो व्ययभार थपिएको पनि जनाइएको छ । करिडोरका उद्योगीहरुले अप्रत्याशित रुपमा आएको वाढीले उद्योग÷व्यवसायलाई पारेको क्षतिलाई राज्यले गम्भीर रुपमा लिई आगामी दिनमा पूर्वाधार निर्माणमा सचेत हुुनुपर्नेमा जोड दिएका छन् ।


