Banijya News

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

1
1.1K Shares

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ५ सय १८ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ९ सय १० पुगेको छ । मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने ७ लाख ९३ हजार ७८९ जना संक्रमणमुक्त भएका छन् । २४ घण्टामा थप ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाका बिरामीमध्ये २ सय १५जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८ सय ९० जना रहेका छन् । जसमध्ये ८ हजार २३३ जना होम आइसोलेसनमा रहेका छन् भने ६ सय ५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

1

Scroll to Top