नेकपा एमालेको बन्दसत्र शुरु भएको छ । त्यस्मा भाग लिनका लागि अध्यक्ष केपी शर्मा ओली बन्दसत्रमा सहभागी हुन् होटल सेभेन स्टारतर्फ प्रस्थान गरेका छन् ।
आइतबार बिहान १० बजे नै बन्दसत्र सुरु हुने भनेर तयारी थाल्न निर्देशन दिएका ओली पदाधिकारी र केन्द्रीय कमिटीका सदस्यहरुको नाम टुंग्याएर अबेर राति होटल पार्क सफारीबाट सेभेन स्टारतर्फ लागेका हुन्।
ओली बन्दसत्र परिसर सेभेन स्टार होटल पुगेसँगै उनी पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन्। उनीहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’, ‘केपी बा, वी लभ यु’ ‘केपी बा जिन्दावाद’ लगायतका नारा लगाएका हुन्।
बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र रातको पौने १० बजेसम्म सुरु हुन सकेको छैन। दिनभर पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको चयन गर्न ओली व्यस्त भएका थिए। नामावली ‘टुंगिए’सँगै ओली बन्दसत्र स्थल पुगेका हुन्।


