Banijya News

चितवनमा हुँदै राष्ट्रिय कृषि यन्त्रीकरण प्रदर्शनी

1
1.1K Shares

पाँचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ । उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्सपो सेन्टरमा हुने छ।

प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा सञ्चालन गरिनेछ । प्रदर्शनीको आयोजकमा संघसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहनेछन् ।
प्रदर्शनीको मुख्य प्रायोजकमा सलोम एग्रिकल्चर प्रालि एवं प्रायोजकमा कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक रहेका छन् । संघका अनुसार सह–प्रायोजकमा एनटीएस इन्डस्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, नेपाल–चीन एग्रिकल्चर सेन्टरलगायतका संस्था रहेका छन् । सहयोगी संस्थामा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एन्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । प्रदर्शनीमा १५० बढी प्रदर्शनीकर्ताका २ हजार बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधि रहनेछन् । २० बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहनेछ ।
कार्यक्रममा कृषि कर्जा मेला संयोजक सुष्मा शर्मा, मुक्तिनाथ कृषि कम्पनीका सचिव रामशरण तिमिल्सिना, शलोम एग्रिकल्चर प्रालिका सञ्चालक श्रीकृष्ण अधिकारी, सङ्घका संस्थापक अध्यक्ष महेन्द्रप्रसाद कँडेल, सङ्घका निवर्तमान अध्यक्ष स्वयम्भूकृष्ण श्रेष्ठ, सङ्घका अध्यक्ष खोजराज कटुवाललगायतले सो प्रदर्शनीबारे जानकारी गराएका थिए ।

1

Scroll to Top