नेपालमा प्रतिबन्धित भारतीय नोटसहित २ थाई महिला पक्राउ पक्राउ परेका छन् ।अवैध रूपमा लुकाई छिपाई लैजान लागेको २ हजार र ५ सय दरको भारतीय नोटसहित थाई नागरिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीवार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ३२ वर्षीया वाङविसा जन्टासन र ४१ वर्षीया वारापर्न खुन्सोबट रहेका छन् । उनिहरुको साथबात २ हजार दरको ४ थान र ५ सय दरको ५७३ थान गरी २ लाख ९४ हजार ५ सय भारतीय रूपैयाँ बरामद भएको छ ।
भिस्टारा एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट भारतको दिल्ली जान लागेका उनीहरूलाई एक्सरे मेसिनमा प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय रूपैयाँ फेला पारेको हो ।
उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाएको प्रहरीले जनाएको छ।


