रियलमी भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेर इटहरीमा नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र सञ्चालनमा आएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले इटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका छन्।
सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले, मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए ।
रियलमीले नेपालमा भरपर्दो ब्रान्ड र आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र विक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । यसको पहिलो आधिकारिक सर्भिस सेन्टर काठमाडौँमा अवस्थित छ ।
रियलमीले सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपुर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर–मान्य स्मार्टफोनहरूको मर्मत सेवा र अन्य धेरै सेवाहरू ग्राहकहरुलाई प्रदान गर्ने छन् ।
जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर सञ्चालन गरिएको बताए । उहाँका अनुसार विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले यो सेवा केन्द्रबाट सहज रुपमा लिन सक्ने छन् ।


