Banijya News

नेपाली सेनामा लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसम्म रोजगारीको अवसर

1
1.1K Shares

के तपाई नेपाल आर्मीमा जागिर खान इच्छुक हुनुहुन्छ ? यदी यस्तो हो भने नेपाल आर्मिमा नयाँ जागिर खुलेको छ ।  लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित २९ अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको हो ।
त्यसैगरी, उप– सेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना, लेखा उपसेनानीतर्फ ४० जाना, सैनिक उपचारिका उप– सेनानीतर्फ १८ जना, कम्प्युटर प्राविधिक उप– सेनानी १६ जना साथै अन्य २५ ओटा पदका लागि १९४ जना प्राविधिक अधिकृत माग गरिएको सूचनामा उल्लेख छ ।

उमेद्वार पुरुषको हकमा १८ वर्ष पूरा भई २९ ननाघेको र महिलाको हकमा १८ वर्ष पूरा भई ३० ननाघेको हुनुपर्नेछ । इच्छुक उमेद्वारले वैशाख १३ गतेसम्म दरखास्त पेस गरिसक्नु पर्नेछ । दोब्बर दस्तुर थप एक सातासम्म दरखास्त पेस गर्न सकिनेछ ।
दरखास्त नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फराम भरी सोको प्रिन्ट आउटसहित स्वयं उपस्थित भई रु. १० को टिकट टाँसी पेस गर्न सकिनेछ ।

 

1

Scroll to Top