मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनस कारोबारयोग्य बनाई शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट गत पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो । पुस १४ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा बोनस शेयर जम्मा गरिसकेको छ । त्यसपश्चात अभौतिकीकरण गराएकाको हकमा क्रमशः जम्मा गर्दै जाने कम्पनीले बताएको हो ।
धितोपत्र दोस्रो बजारमा कम्पनीले चैत ११ गते उक्त बोनस शेयर वापतको ३८ लाख ६१ हजार ५७९ दशमलव ५६८० कित्ता शेयर सूचीकृत गराएको थियो । कम्पनीले १४ प्रतिशत बोनससँगै यस वर्ष कर समेत ६ प्रतिशत नगद लाभांश समेत वितरण गरेको छ । नगद लाभांश भने कम्पनीले बोनस शेयर वापतको कर कट्टा गरी माघमै वितरण गरिसकेको छ ।


