Banijya News

उपकार लघुवित्तले आईपीओ निष्काशन गर्दै

1
1.1K Shares

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० अंकितमूल्यका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । लघुवित्तको जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत बराबरको रकम निष्काशनको तयारी गरेको हो ।

निष्काशन गर्ने कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता शेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने,  ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । त्यस्तै, बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

चैत २९ गते देखि वैशाख ९ गते सम्म भर्ने समय रहेको आईपीओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । मेरो सेयरको वेब तथा एपबाट पनि सो आईपीओका लागि आवेदन दिन सक्ने छन् ।

1

Scroll to Top