नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना “दमक सपिङ्ग कम्प्लेक्स” निर्माणको लागि सम्झौता सम्पन्न भयो । कम्प्लेक्स निर्माणका लागि दमक नगरपालिका र नगर विकास कोषबीच ऋण सम्झौता भएको हो ।कुल ६१ करोड रुपैँया लागतको सपिङ कम्प्लेक्समा नगर विकास कोषले ४२ करोड रुपैयाँ ऋण सम्झौतामा सम्पन्न गरेको छ । दमक नगरपालिकाको नगरवासीलाई व्यवस्थित, सुरक्षित तथा आधुनिक प्रविधीयुक्त सेवा सुविधा उपलब्ध गराउन लक्ष्य अनुसार दमक नगरपालिकाबाट निर्माण हुन लागेको हो ।
शहरी पूर्वाधार निर्माणमा कोषको हालसम्मकै ठूलो लागतको आयोजनाको लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बीच ४२ करोड ८० लाख रुपियाँ रकमको ऋण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । दमक नगरपालिकाको करिब ८ कट्ठा १३ धुर क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त कार्यक्रममा दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सिनाको पनि उपस्थिती रहेको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुखले यो आयोजना प्राविधिक दृष्टिकोणबाट बृहत अध्ययन पश्चात निर्माण हुन गइरहेकोले कुरामा विश्वस्त रहेको जनाउँदै आयोजना समयमै सपन्न हुने प्रतिवद्धता व्यक्त गरे ।


