सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यसैगरी ,तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । विहीबार चाँदीको प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।


