Banijya News

मधेस प्रदेशका आठ जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान

1
1.1K Shares

मधेस प्रदेशका आठ जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिने भएको छ ।
निर्देशनालयका निर्देशक विजयकुमार झाले नियमित खोप दादुरा, रुवेलासँगै टाइफाइडविरुद्धको खोप दिने तयारी भएको जानाएका छन् । टाइफाइडविरुद्धको खोप सञ्चालन हुने इस्ट एशियाको पहिलो देश नेपाल बन्ने प्रदेशका प्रतिनिधि सुरेश शुक्लाले जानकारी दिए ।
खोपको विषयमा स्वास्थ्यकर्मीलाई प्रशिक्षित बनाउने कामसमेत भइसकेको निर्देशनालयले जनाएको छ ।
।

1

Scroll to Top