Banijya News

सिटी एक्सप्रेस र जलसानको सहकार्यमा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न

1
1.1K Shares

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल सहकार्य गरि ‘Students Meet 2022′ कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा    JALSAN सँग आबद्ध ४० भन्दा बढि Educational Consultancy हरु मार्फत जापान जान लागेका २०० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।
कार्यक्रममा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुपर्ने बताए । त्यस्तै, जापान पुगे पश्चात आफूले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र पठाउन पनि उत्प्रेरित गरेका छन् ।

उक्त कार्यक्रममा हाल जापान बसेर मनी ट्रान्सफर जापान कम्पनीमा दर्ता भएका १० भाग्यशाली विजेताहरुलाई पुरस्कार दिएको थियो । रु १० हजार रुपैंया विधुतीय लक्की ड्र सिस्टम मार्फत बिजेतालाई दिएको हो ।

सिटी एक्सप्रेसले    JALSAN सँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागि प्रतेक वर्ष पुरस्कार दिने योजना बनाएको छ ।
सिटी एक्सप्रेसले विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

1

Scroll to Top