Banijya News

जीवन विकास लघुवित्त साधारण सभा बस्दैछ

1
1.1K Shares

जीवन विकास लघुवित्त तेस्रो वार्षिक साधारण सभा शुक्रबार बस्ने भएको छ ।
कम्पनीका अनुसार सभा केन्द्रीय कार्यालय मोरङमा बिहान १०ः३० बजे सुरु हुने जानकारी दिएको हो । सभाले ७३.६८% लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गर्नेछ ।  गत आर्थिक वर्षको नाफाबाट ७०% बोनस शेयर र कर प्रयोजनका लागि ३.६८% नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा सम्पूणर् अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १२ गतेदेखि २५ गतेसम्म बन्द गरेको जानकारी दिएको छ । यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

1

Scroll to Top