पछिल्लो २४ घण्टामा देशभर थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १ सय ५५ जनामा कोरोना परीक्षण गरीएकोमा आरटी पिसीआरबाट १२ र एन्टीजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ६ सय ३७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


