Banijya News

काठमाडौंमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुँदै

1
1.1K Shares

स्वाबलम्बन विकास केन्द्रको संयोजनमा तेस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत २८ र २९ गते काठमाडौं हुने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र २८ र २९ गते सम्मेलन हुने केन्द्रले जनाएको हो ।  उक्त सम्मेलनमा दुई सयवटा लघुवित्तका ६ सय सदस्य तथा संस्था प्रतिनिधिहरूले सहभागिता जनाउने भएका छन् । त्यस्तै , ७९ वटा लघुवित्त वित्तीय संस्था र १ सय ५० वटा सहकारी संस्थाहरुबाट पनि सहभागी हुनेछन् ।

‘घर घरमा उद्यम फैलाऊँ, गरीबीलाई शुन्य बनाऊँ’ भन्ने मुल नारासहित तेस्रो सम्मेलनको आयोजना गरिन लागेको श्रेष्ठले बताए । लघुवित्तको संख्यात्मक वृद्धिसँगै यस क्षेत्रमा देखिएको विकृति तथा बिसंगतिलाई अन्त्य गर्नुपर्ने धारणा राखे । ग्राहक सदस्यहरुलाई सरल र सुलभ सेवा दिनका लागि सम्मेलनले प्रेरित गर्ने उल्लेख गरे ।

विगत तीन वर्षको अवधिमा करिब ५४ लाख ५० हजार महिला तथा एक लाख ५० हजार पुरुषहरूले लघुवित्त सेवा प्राप्त गरेका छन् । मुलुकभर चार हजार नौ सय ६५ शाखामार्फत २३ हजार दुई सय ८१ लघुवित्तकर्मीहरू रहेको केन्द्रले दाबी गरेको छ । केन्द्रले विगत तीन वर्षमा ३० लाख विपन्न परिवारमा लघुवित्त सेवा विस्तार गरेको समेत जनाइएको छ । केन्द्रले समाजका विपन्न र पिछडिएको वर्गको आर्थिक तथा सामाजिक उत्थानका लागि भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

1

Scroll to Top