नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १ हजार ३८० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १हजार ३६५ रुपैयाँ रहेको थियो ।


