उपकार लघुवित्त वित्तीय लिमिटेडको आईपीओ बुधबार (चैत ३० गते) सम्म आवेदन दिन सकिने भएको छ ।
कम्पनीको आईपीओ विक्रीकै क्रममा चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा परेकाले आवेदन दिने अवधि एक दिनका लागि थप गरिएको हो । कम्पनीले चैत २५ गतेबाट २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । मध्ये ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यस्तै ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुका लागि र बाँकी २ लाख २१ हजार १५६ कित्ता सर्वसाधारणले आवेदन दिन पाउने छन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन मिल्नेछ ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत २ लाख २१ हजार १५६ कित्ता शेयर मात्र विक्री खुला गरेको हो । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आईपीओ भनर् सक्नेछन् । साथै मेरो शेयर एपमार्फत शेयर भर्न सकिन्छ । आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ ।


