पछिल्लो २४ घण्टामा देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३४९ जनाको पीसीआर परीक्षण गर्दामा १५ जनामा संक्रमण पुष्टि भएका छन् । त्यस्तै १ हजार ३३६ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १९ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४९ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी, हाल देशभर ५२० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


