पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय ८९ जनाको परीक्षणमा ११ जना पीसीआर र १ जना एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएकोे जनाएको हो ।
पछिल्लो २४ घण्टामा ३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै थप ३६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ३९ जना निको भएका छन् । ६ हजार ६७५ जनाले आज एकैदिनमा कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।


