Banijya News

हिमालयन हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

1
1.1K Shares

हिमालयन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बैशाख ४ गते अनुमति पाएको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी कुल २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ ।

आईपीओ निष्काशनका लागि कम्पनीले गराएको रेटिङ्गमा रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यो रेटिङ्ग पाप्त संस्थाहरु औसत भन्दा कमजोर आधार जानाउँछ ।

कम्पनीले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरी विजुली उत्पदन गरिरहेको छ ।
यस आयोजनाको ८०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ । कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको हो । प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । हिमालयन हाइड्रोपावर लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ छ ।

1

Scroll to Top