Banijya News

उपकार लघुवित्तको आइपीओ बाँडफाँट कहिले हुदैछ ?

1
1.1K Shares

उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट गरिने भएको हो । लघुवित्तको आइपीओ बाँडफाँट कार्यक्रम आफ्नै कार्यालयमा वैशाख ९ गते बिहान ८ बजे बिक्री प्रबन्धक रहेको नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्ने तयारी गरेको छ ।

कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ५% अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषको लागि रहेको छ । त्यस्तै, ०.५% अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
उक्त आईपीओको लागि मागभन्दा १२४.६४ गुणा धेरै आवेदन परेको छ ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेभएको छ ।

 

1

Scroll to Top