Banijya News

अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा एकको मृत्यु,भित्ता भए रगताम्मे

1
1.1K Shares

ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान अक्सिजन भर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

अक्सिजन प्लान्टका सिलिन्डर विस्फोट हुँदा भारतीय नागरिक वृज मोहन महतोको मृत्यु भएको छ । महतोका शरीरका हातखुट्टासहितका अंगहरु विस्फोटका क्रममा टुक्रिएका छन् । उनको शरीरका टुक्रा प्रहरीले घटनास्थलमा पुगेर उठाएको छ । शरीर क्षतविक्षत भएपछि प्रहरीले प्लास्टिकको झोलामा बटुलेको छ ।
शरीरका अन्य अंग पनि घटनास्थलमा छरिएको अवस्था भेटिएका छन्। सिलिन्डर विस्फोटपछि शरीर टुक्रा टुक्रा हुँदा घटनास्थलस्थित ग्यास प्लान्टको भित्तो रगताम्मे भएको छ ।थप चार जना पनि घाइते भएका छन् ।

1

Scroll to Top