Banijya News

सात किलो सेतो हिरोइनसहित दुई जना विदेशी नागरिक पक्राउ

1
1.1K Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सात किलो सेतो हिरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ परेका दुई जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

 

दक्षिण अफ्रिकाबाट जोनेसवर्ग-कतार हुँदै काठमाडौं आएकी जिम्बाबेइन नागरिक कपुतुला अबिसर्ग र ३५ वर्षीय भारतीय नागरिक लालनुनपुईको साथबाट ७ किलो खैरो हेरोइन पक्राउ गरेको छ । त्यसैगरी, ब्यूरोका निमित्त प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बरामद खैरो हेरोइनको अन्दाजी मूल्य १४ करोड रुपैयाँ बराबर छ ।

1

Scroll to Top