Banijya News

सगरमाथा इन्सुरेन्सको बोनस सेयर मूल्य नेप्समा समायोजन

1
1.1K Shares

सगरमाथा इन्सुरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता १ हजार ७९ रूपैयाँ १७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ ।

 

कम्पनीले वैशाख २८ गते काठमाडौंमा  वार्षिक साधारण सभामा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राख्दैछ ।

1

Scroll to Top