गौतमबुद्ध विमानस्थल जेठ २ गतेदेखि २४ सै घण्टा सञ्चालन आउने भएको छ । बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडवडी जहाज परीक्षण उडानपछि बोल्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा देखिएको ट्राफिक जाम समाधान गर्नको लागि जेठ २ गतेदेखि २४ घण्टा सञ्चालनमा आउन लागेको भनेका छन् ।
उनले नेपालमा अब दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल भएर पनि नपुग्ने भएकाले चन्द्रगढिदेखि धनगढिसम्मका ७ वटा तराईका विमानस्थल विमानस्थलहरु रातको १२ बजे अर्थात १८ सञ्चालन सुरु गरिएको बताए ।अहिले विमानस्थलमा दुध खाने बच्चा बिरामी, सुत्केरी घण्टौं घण्टा विमानस्थलमा बस्नुपर्दा जनतालाई मार परेकाले घण्टौं विमानस्थलमा बस्नुपर्ने समस्या समाधानको लागि आन्तरिक विमानस्थलहरु १८ घण्टा र अन्तर्राष्ट्रिय विमानस्थहरु २४ सै घण्टा सञ्चालन गर्ने निणर्य गरिसकेको उनले स्पष्ट पारेका छन् ।
त्यसैगरी, उनले आन्तरिक उडानका वायुसेवा कम्पनीले १८ घण्टा उडान गर्न असक्षम छौं भनेर विज्ञप्ति जारी गरेकोप्रति असन्तुष्टि पनि जनाएका छन् । आन्तरिक उडानका वायुसेवा कम्पनीले अब ११ बजे उडान गर्ने भए ११ बजेको टिकट बेच्ने, ३ बजे उडान गर्ने भए ३ बजेको नै टिकट बेच्नुपर्ने भन्दै अधिकारीले जनतालाई ३ बजेको टिकट बेचेर ११ बजे उडाउने, विज्ञप्ति निकाल्ने, ठाउँ ठाउँमा गएर लविङ गर्ने काम बन्द गर्न महानिर्देशक अधिकारीले आग्रह गरे ।
उनले पैसा कमाउँदा जनतालाई दिएको असुविधा वायुसेवा कम्पनीहरुले बिर्सनु नहुने भनेका छन् । साथै, उनले जनताको सुविधा हेरेर पैसा कमाए वायुसेवा कम्पनीलाई प्राधिकरणले गर्नुपर्ने सहयोग गर्न तयार रहेको पनि बताए ।


