पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ३ हजार २२२ जनामा गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमण मुक्त भएका छन् । २ लाख ९ हजार ५७४ जनाले कोभिड १९ विरोद्धको खोप लगाएका छन् ।साथै, नेपालमा हाल २२१ जना स्रक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


