Banijya News

यस्तो छ विदेशी मुद्राको आजको विनिमय दर

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेका छ । जस अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो ।

पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा (भारु) पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।

डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

1

Scroll to Top