Banijya News

थप ७८१ जना कोरोना संक्रमण पुष्टि, दुई जनाले ज्यान गुमाए

1
1.1K Shares

शुक्रबार थप ७८१ जना कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण दुई जनाले ज्यान गुमाएका छन् । गत २४ घण्टामा भएको कुल ४ हजार ७१२ नमुना परीक्षणमध्ये २ हजार २९० पीसीआर परीक्षण गर्दा ४१९ जनामा र २ हजार ४२२ एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा कोभिड १९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५११ जनाले संक्रमण जितेका छन् । आज ललितपुरमा ६३, भक्तपुरमा १९ जना र काठमाडौंका २१२ जना गरी उपत्यकामा कुल २९४ जना संक्रमण पाइएको छ । हाल देशभरमा पाँच हजार ७७५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

1

Scroll to Top