नेपाल राष्ट्र बैंकले आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य एकको खरिद दर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४४ रुपैयाँ ६९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ६८ पैसा र बिक्री दर ८७ रुपैयाँ ०७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसामा कारोवार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको छ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ०३ पैसा र बिक्री दर २९ रुपैयाँ १७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २५ पैसा र बिक्री दर ३५ रुपैयाँ ४१ पैसा रहेको छ ।
साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा छ भने बिक्री दर १० रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


