मधुकर पाण्डे
काठमाडौमा भुमिगत प्रसारण लाइन आबश्यक थिएन । उत्पादन भएको खेर जानु यो अत्यन्तै गैर जिम्मेवारी काम हो । निजी र सरकारको गरी उत्पादन हाल २३ सय मेगावाटको हाराहारीमा छ । जडित क्षमता ३ हजार मेगावाट हाराहारीमा पुगेको छ । बाढीले गर्दा यस वर्ष पूर्वको आयोजना बन्द रहेको अवस्थामा पनि प्रसारण लाइनकै कारण २ अर्बभन्दा बढीको बिजुली खेर जाने इप्पानका उपमहासचिव प्रकाश दुलालले जनाए ।
‘३४० मेगावाटका आयोजनामध्ये धादिङका केही आयोजनाको तथ्यांक आएको छैन,’ उनी भन्छन्, ‘यसरी हेर्दा २ सय मेगावाटलाई प्राधिकरणले कन्टेन्जेन्सीमा राखेका कारण प्रवर्द्धकले बैंकको ऋण तिर्न सक्ने अवस्था छैन ।’ आयोजनाको बिजुली बिक्री नहुने भएपछि नयाँ आयोजना निर्माणमा समेत बैंकले लगानी गर्न नमान्ने अवस्था आएको दुलाल बताउँछन् । ‘टेक अर पे (लेऊ या तिर) सम्झौता भएर नै बैंकले आयोजनामा ऋण दिएको छ,’ उनले भने, ‘प्राधिकरणले नकिन्ने अनि नतिर्ने गरेपछि कसरी ऋण तिर्न सकिन्छ ।’
देशको अर्थ ब्यवस्था मजबुत बनाउन उर्जा क्षेत्र बाहेक अर्को पर्यटन हो । उर्जा क्षेत्रमा कछुवाको गतिमा प्रजातान्त्रिक बेबस्था लागु भए पछि सुरु भएको निजी क्षेत्रको लगानीबाट हालसम्म यहाँ आइपुग्दा स्वतन्त्र उर्जा उत्पादक कै बिजुली खरीद गर्न आनाकानी गर्ने उत्पादन भएको बिजुली खरिद नगर्ने कुलमानको नियत ठिक नभएको केही उर्जा उत्पादकहरु बताउँछ्न ।
प्राधिकरणको काम निर्माण भन्दा पनि बजार बेबस्था गर्ने र प्रशारणमा गम्भीरता पुर्बक अघि बड्नु पर्ने हो तर काम भने उल्टो भएको छ । नीति बनाउनेहरु कसरी पैसा छिटो खल्तिमा हाल्न पाइन्छ भन्ने सोचाइ भएको कारण काठमाडौंमा भुमिगत प्रशारण लाइन बनाउन खर्चेको खर्बै रकम दुर दराजमा प्रशारण लाइन र वैदेशिक प्रशारण लाइन बिस्ता गरेको भए आज ठुलो भोलुममा उर्जा निर्यात गर्न सकिन्थ्यो देशलाइ अर्बौ वैदेशिक रकम जम्मा गर्न मद्दत पुग्थ्यो तर अफसोच केही नितिगत रुपमा देशलाई पछि पार्ने षडयन्त्र गर्ने खालका मन्त्री सचिव र एम डि हरुको कारण नेपालीले आफ्नो श्रीसम्पति लगाएर बनाएको एति धरै उर्जा खेर जानु देशको लागि ठुलो दुर्भाग्य हो ।
यस्तो गम्भिर बिषयमा सरकारले ध्यान किन दिदैन् ? सरकारले राजस्व उठाउन एक सय रुपैयाँ को सामान ल्याउनेलाई समेत कर को दायराम लगेको छ्न भने खर्बौ आम्दानी खोलामा बगाई रहेको छ । यस्तो प्रणालीले देश कहिले माथि लाग्दैन एता अहिले भुमिगत लाइन अनावश्यक थियो त्यस्मा कुलमानले गरेपछि सबै जायज भन्ने भास्य भयो । उता उर्जा खपत समेत गराउन नसक्नेले यो लगानी किन र केको लागि गर्यो ? अख्तियार के हेरेर बसेको छ । यो सरसर नेपाली उद्यमी मार्ने आफ्नो खल्ति भर्ने बाहेक केही देखिदैन् ।


