Banijya News

३ सय रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोवार ?

1
1.1K Shares

साताको चौथो दिन (बुधबार)छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १६ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी महासंघले जनाएको छ । हिजो छापावाल सुन तोलाको १ लाख १६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजाबी सुनको मूल्य  तोलाको ३ सय रुपैयाँले घटेर १ लाख १५ हजार ४५० रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुनको मूल्य १ लाख १५ हजार ७५० रुपैयाँ कायम गरिएको थियो ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी १ हजार ४०० रुपैयाँ तोकिएको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

 

 

 

1

Scroll to Top