साताको अन्तिम दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सुन १ लाख १९ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै,तेजावी सुनको मूल्य १ लाख १९ हजार २५० रुपैयाँ कायम गरिएको छ ।
बिहीवार छापावाला सुन १ लाख १९ हजार रुपैयाँमा कारोवार भएको थियो । बिहीवार प्रतितोला तेजावी सुनको मूल्य १ लाख १८ हजार ४५० रुपैयाँ कायम गरिएको थियो ।
महासंघका अनुसार शुक्रबार प्रतितोला चाँदी १ हजार ४८५ रुपैयाँ तोकिएको छ । बिहीबारको तुलनामा चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी १ हजार ४८० रुपैयाँ तोकिएको थियो ।
अन्तराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔंस सुन २ हजार ४९ दशमलव ४७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४ डलरमा कारोवार भइरहेको छ ।


