जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत आज माइतीघर क्षेत्रबाट पक्राउ परेका छन् । निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै सांसद राउतसहित एक दर्जनभन्दा बढी कार्यकर्ता माइतीघरबाट पक्राउ परेका छन् ।
उनीहरू धोती दिवस मनाउने क्रममा बबरमहलस्थित कला परिषद्मा जम्मा भएर निषेधित क्षेत्र माइतीघरतर्फ अघि बढेका थिए । सोही क्रममा प्रहरीले माइतीघर क्षेत्र निषेधित क्षेत्र भएको बताउँदै अगाडि नबढ्न चेतावनी दिएको थियो । चेतावनी दिँदा पनि नमानेपछि प्रहरीले उनीहरूलाई प्रहरीले पक्रउ गरेर लगेको छ ।


