Banijya News

१ सय २२ किलो गाँजा बरामद

1
1.1K Shares

देवानगंज गाउँपालिका-५ साहेवगंजस्थित पश्चिम टोल साईटबाट अवैध लागूऔषध
गाँजा १ सय २२ किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय साहेवगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट
भारततर्फ जाँदै गरेको बीआर ३९ इ २२८८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल
र मोटरसाइकलमा रहेको ४ वटा बोरा छाडी फरार भएपश्चात् बोरा तलासी गर्दा उक्त
परिमाणको गाँजा फेला परेको हो ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा
आवश्यक अनुसन्धान गरिरहेको छ ।

1

Scroll to Top