Banijya News

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

1
1.1K Shares

सुर्खेत, सिम्ता गाउँपालिका-६ जामुने बजारस्थित सडकमा भे.२ त ५४ नम्बरको
ट्याक्टर र बा.९५ प ५२९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार
बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार वीरेन्द्रनगर नगरपालिका-३ एरिचोक बस्ने २८
वर्षीय विजय रानाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका
मोटरसाइकल चालकको मेहलकुना अस्पताल हुँदै थप उपचारको लागि कर्णाली प्रादेशिक
अस्पताल सुर्खेत रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-२ हेलौडिहवास्थित सडकमा हाल नम्बर नखुलेको
टिपरले लु.२७ प १०१० नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा
मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने भागिरथी यादवको छोरा १४ वर्षीय सुग्रिम यादवको
मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा
उपचारको क्रमममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ । दुर्घटनामा संलग्न हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१६ सर्रास्थित सडकमा रा.४ प ६१७० नम्बरको
मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक रोल्पा
माडी गाउँपालिका-६ घर भई दाङ घोराही उपमहानगरपालिका-१४ बसपार्क बस्ने १७ वर्षीय
नविन घर्तीमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य
बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, कोहलपुर नगरपालिका-४ किरणनालास्थित सडकमा भे.१ ज १२०७ नम्बरको
म्याजिकको ठक्करबाट पैदलयात्री कोहलपुर नगरपालिका-३ बस्ने ७२ वर्षीया कौशिल्या
शाहीको मृत्यु भएको छ । आइतबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङ
होम नेपालगञ्जमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा
घाइते भएका म्याजिकमा सवार ५ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने २ जनाको
सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको
छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1

Scroll to Top