Banijya News

 होण्डाले नेपालमै खोल्यो एसेम्ब्ली प्लान्ट

1
1.1K Shares

 

होण्डाका दुई पांग्रे सवारीको एसेम्ब्ली अब नेपालमै हुने भएको छ।

मंगलबार होण्डा मोटरसाइकलको मुख्य बिजिनेस युनिटका भाइस–प्रेसिडेन्ट मिनोरु काटोले भैरहवामा होण्डाको ’एसेम्ब्ली प्लान्ट’को उद्घाटन गरेका हुन्।

उद्घाटनको औपचारिक कार्यक्रममा होण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा संघीय सभासद माननीय छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृह मन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य भगवती चौधरी, रोहिणी गा.वि.स.का अध्यक्ष विद्या यादव, ओमसतिय गा.वि.स.का पूर्वअध्यक्ष हरि भट्ट लगायतको उपस्थिति रहेको थियो।

१५० करोडको लगानीमा २ लाख स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले एक लाख वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ।

विगत ५५ वर्ष भन्दा बढी समयदेखि ग्राहकको विश्वास जित्दै आएको होण्डा, उत्पादनको गुणस्तरमा सधैं प्रतिबद्ध र ग्राहकको सन्तुष्टमा सदैव दृढ रहँदै आएको कम्पनीको भनाइ छ।

1

Scroll to Top