Banijya News

सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

1
1.1K Shares

पूर्वसभामुख तथा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ परेका छन् ।

 

विद्युतीय चुरोट (भेप)मार्फत भएको निकै ठूलो परिमाणको सुन तस्करी प्रकरणमा दोषी किटान गरिएका महरा कपिलवस्तुबाट आज पक्राउ परेका हुन् ।  उनलाई थप अनुसन्धान र कारबाहीका लागि काठमाण्डौ ल्याइँदै गरिएको  प्रहरी महानिरीक्षक बसन्त कुँवरले बताएका छन् ।

 

सरकारले तत्कालीन संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिनिधिसभामा लगातार विरोधपछि गठन गरेको सुन तस्करीका विषयमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो । पूर्व न्यायाधिशको संयोजकत्वमा गठित सो आयोगले गत बिहीबार मात्र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

 

सो प्रतिवेदनमा महराको समेत सुन तस्करीमा कनेक्सन देखिएको भन्दै उनीमाथि थप छानबिन र कारबाही हुनुपर्ने सुझाइएको थियो । त्यसको भोलिपल्टै सुन छानबिन आयोगको प्रतिवेदन अक्षरंश कार्यान्वयन गर्ने मन्त्रीपरिषद बैठकले निर्णय गरेको थियो । सोही निर्णय र गृहमन्त्रीको निर्देशनअनुसार प्रहरीले महरालाई पक्राउ गरेको हो ।

 

उनका छोरा राहुल महरा समेत सोही प्रकरणमा संलग्न रहेको आरोपमा पुर्पक्षका लागि हाल थुनामा छन् ।

 

1

Scroll to Top