Banijya News

महालेखा परीक्षकमा तोयम राया सिफारिस

1
1.1K Shares

महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान बसेको बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो ।

उनलाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा सिफारिस गरिएको हो । हाल उनी राष्ट्रिय तथ्यांक कार्यालयका सचिवको रूपका कार्यरत छन् । उनी पूर्व अर्थसचिव पनि हुन् ।

राया २०७६ भदौमा सचिवमा बढुवा भएका थिए । उनीसँग अर्थ प्रशासनमा लामो समय काम गरेको अनुभव छ । विभिन्न कर कार्यालयको नेतृत्व गरेका उनीसँग त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा पनि काम गरेको अनुभव छ ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो । रायासहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए ।

1

Scroll to Top