सिटिजन लाइफ इन्सुरेन्सको लाभांश रद्द भएको छ । कम्पनीले सेयर प्रिमियमबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश रद्द गरेको हो । नेपाल बिमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि यस इन्सुरेन्सको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश रद्द गर्ने निर्णय गरेको हो ।
बीमा प्राधिकरणको अनुमति नलिइ एकै आर्थिक वर्षमा २ पटक लाभांश घोषणा गरेको भन्दै सिटिजन लाइफको लाभांश स्थगन भएको थियो । बीमा प्राधिकरणले हिजो दिउँसो सिटिजन लाइफले त्रुटी गरेको निष्कर्ष सहित प्रस्तावित लाभांशलाई स्थगित गर्ने निर्णय गरेको हो ।
पुँजी वृद्धि गर्न सिटिजन लाइफले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल २८.४० प्रतिशत लाभांश घोषणा गरेको थियो । कम्पनीले उक्त लाभांश रद्द गरेको हो ।


