Banijya News

राष्ट्रियसभा बैठक स्थगित, भोलि दिउँसो १ बजेर १५ मिनेटमा बस्ने

1
1.1K Shares

नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेपछि बैंठक स्थगित भएको छ । बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए ।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए । तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले उक्त बैंठक जेठ ४ गते अर्थात् भोली दिउँसो १ बजेर १५ मिनेटमा बस्ने घोषणा गरे ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको लागि निरन्तर प्रयास गरे पनि कुरा मिल्न भने सकेको छैन।

 

1

Scroll to Top