Banijya News

अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक छ : प्रधानमन्त्री

1
1.1K Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकीकृत अभ्यासको आवश्यक रहेको बताएका छन् । सोमबार उनले सदनमा विश्वासको मत लिँदै गर्दा समष्टिगत आर्थिक सूचकहरु सकरात्मक भए पनि अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकिकृत अभ्यासको आवश्यक रहेको बताएका हुन् ।

‘१६ औं योजनाका लक्ष्य हाँसिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी छ। जुन संम्मानित संसदको साथ सहयोगविना पुरा हुन सक्दैन। ८० को दशक तिब्र विकासको दशक भनेका छौं। त्यसका लागि वृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ,’ उनले भने।

भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेको बेला गेम चन्जर ठूला विद्युत आयोजनामा काम गर्न धेरै बाँकी भएको उनको भनाई छ।

‘समष्टिगत आर्थिक सूचकहरु सकरात्मक भए तर अर्थतन्त्रलाई पूर्ण गतिशिल बनाउन सरकार र संसदको एकिकृत अभ्यासको आवश्यक छ,’ उनले भने।

1

Scroll to Top